कुवेतमा एक नेपालीको मृत्यु

Posted on: 27 May, 2020

जेठ १४, दोहा | रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । कुवेतस्थित अल समस्या क्लिनिङ कम्पनीमा कार्यरत स्याङजाका ३७ वर्षीय अर्जुन गुरुङको मृत्यु भएको हो ।

गुरुङलाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि स्थानीय आदान अस्पतालमा पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ । 

अस्पतालले दिएको जानकारी अनुसार रक्तसंचारमा गिरावट, श्वास-प्रश्वास प्रणाली विफल हुनु र मुटुको मांशपेशी बन्द भएको कारण उनको मृत्यु भएको जनाइएको छ । 

कम्पनी र परिवारसँग समन्वय गरेर मृतकको कानुनी प्रकृया थालिएको कुवेतस्थित दूताबास स्रोतले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!