अमिताभ बच्चनद्वारा गरिबलाई दैनिक ४५ सय प्याकेट खानेकुरा बाँड्दै

Posted on: 27 May, 2020

जेठ १४, मुम्बई । कोरोनाका कारण चलिरहेको लकडाउन पीडितहरूको सहयोगमा बलिउड कलाकारहरू लागिपरेका छन् । पीडितहरूको सहयोगमा जुटिरहेका बलिउडका फ्रन्टलाइन वारियरहरूमध्ये अभिनेता अमिताभ बच्चन पनि रहेका छन् ।


बच्चन सरकारसँगको सहकार्यमा कोरोना भाइरसबारे जनचेतना फैलाउन लागिपरेका छन् । भने सामाजिक सञ्जालमार्फत् दर्शकलाई सामाजिक दूरी र सेल्फ आइसोलेसनबारे पनि जानकारी दिइरहेका छन् । यसका साथै लकडाउनका कारण समस्यामा परेकाहरूको सहयोगमा पनि अमिताभ उतिकै सक्रिय छन् । बच्चन आफ्नो कम्पनी एबी कोर्प लिमिटेडका एमडी राजेश यादवमार्फत पीडितलाई सहयोग गरिरहेका छन् ।  

उनीहरूले मुम्बाईका विभिन्न ठाउँमा दैनिक ४५ सय प्याकेट पाकिसकेको खाना बाडिरहेका छन् । भने १० हजार परिवारका लागि महिनाभरीका लागि पुग्‍ने गरी राशन प्रदान गरिसकेका छन् । यसका साथै ९ मेदेखि प्रवासी मजदुरहरूका लागि हरेक दिन २ हजार ड्राई फुड, २ हजार पानीका बोटल र करिब १२ सय जोडी चप्पल सहयोग गरिरहेका छन् ।

मुम्बाईमा कामका लागि आइरहेका ती आप्रपासी मजदुरहरूलाई गाडीको बन्दोबस्त गरेर आ–आफनो गाउँ पठाउने काम पनि अमिताभको टिमले गरिरहेको छ भने विभिन्न एजेन्सीको सहयोगमा अस्पताल, पुलिस चौकी, बीएमसी अफिस र अन्तिम संस्कार गर्ने ठाउँमा २० हजारभन्दा धेरै पीपीई सेट पनि प्रदान गरिसकेको छ । (नवभारत टाइम्स)


यस बिषयमा तपाइको प्रतिक्रिया...!