कतारमा कोराना पीडित नेपाली श्रमिकलाई राहत

Posted on: 28 May, 2020

योगेन्द्र योगी | जेठ १५, दोहा | कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले राहत प्रदान गरेको छ ।

परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समिति कतार सरकारको च्यारिटीबाट प्राप्त खाद्यान्न पछिल्लो चरणमा ६१७ जनालाई वितरण गरेको हो ।  

दशौ चरणमा कतारको सनैया स्ट्रीट  नम्बर  ३,४,५,६,१०, १७, १९, २२, २३, २४, २५, ३२, ३७, ३८, ४१, ४३, ५७ , एनखालिद , नज्मा, मामुरा, ग्राफा, बिन मोहमद, अलसाद, वल्ड एअरपोर्ट, बिन वमरान,मुग्लिना, अलवाब, रैयान, वाक्रा, वकिर, मदिना खलिफा, अजजिया, अबुहमर,हिलाल, मुन्ताजा, दोहा जदिद, मनसुरा, अलथुममा, मतार कदिम, सफिया खलिफा, अल नासर र मैजारका विभिन्न ठाउँमा कोरोना पीडित नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको गैर आवासिय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समितीका संयोजक उत्तम गुरुङ्गले जानकारी दिएका छन्  ।


कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार, आईसीसी सल्लाहकार टि बि कार्की,आईसीसी मध्यपुर्ब सम्योजक प्रबिण गुरुङ्ग , आईसीसी सदस्य रमेश भट्ट, एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी उपाध्यक्ष कुमार खड्का, एनसीसी महिला उपाध्यक्ष सरिता भण्डारी र एनसीसी महासचिव पदम गिरी लगायतको उपस्थिति रहेको थियो । 

यस अघि १ हजार ५ सय १५ जना नेपाली श्रमिकहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिसकिएको संयोजक गुरुङ्गले बताए ।

कोरोनाको कारणले कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र ईमेल मार्फद पनि सम्पर्क गर्न अनुरोध गरिएको गैर आवासिय नेपाली संघ कतारका महासचिव पदम गिरीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!