साउदीमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

Posted on: 29 May, 2020

जेठ १६, दोहा | साउदीमा कोरोनाबाट थप एकजना नेपालीको मृत्यु भएको छ । साउदीको दमामस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

मृतकलाई एक्कासि ज्वरोसँगै स्वासप्रश्वसमा समस्या आएपछि अस्पताल लागिएको र आइसीयूमा राखेर उपचार गरिएको थियो ।

मृतक विगत १५ वर्षदेखि दमामस्थित हुसेन अल बिसी कम्पनीमा कार्यरत रहेका थिए ।

साउदीमा अहिलेसम्म १ हजार ३६४ जना नेपाली कोरोना सङ्क्रमण पुष्टी भएको छ भने ८ नेपालीको कोरोनाको कारण मृत्यु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!