बहराइनमा कोरोना संक्रमित एक नेपालीद्वारा आत्महत्या

Posted on: 29 May, 2020

जेठ १६, काठमाडौँ | बिहीबार बहराइनमा एक कोरोना संक्रमित नेपाली कामदारले आत्महत्या गरेका छन् । ताप्लेजुङ स्थाई घर भएका ३८ वर्षीय एक पुरुषले कोभिड १९ को उपचारका क्रममा आत्महत्या गरेका हुन् । 

बहराइनको एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत ति नेपाली युवाले आत्महत्या गरेको बहराइनस्थित नेपाली दुतावासले समेत पुष्टि गरेको छ । दुतावासका अनुसार ति युवाले क्वारेन्टाइनभित्रको बाथरुममा झुन्डिएर आत्महत्या गरेका हुन् । 

बहराइनमा अहिलेसम्म ३ सय ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य धेरै नेपालीले कोरोना जितिसकेका छन् । 

यो समाचार तयार पार्दासम्म बहराइनमे कोरोना संक्रमित कुल संख्या १० हजार ५२ जना पुगेको छ । जसमध्य १५ जनाको मृत्यु भएको छ । यो मृत्युदर निकै कम हो । मृत्यु भएका मध्ये १४ जना बहराइनका नागरिक हुन् भने एक जना भारतका नागरिक हुन् । 

बहराइनमा ५ हजार ४१९ जना निको भइसकेका छन् भने ४ हजार ६१८ जना निको हुने क्रममा छन् । कोरोना संक्रमण पुष्टि भई नौ जना गम्भीर रुपमा बिरामी भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!