कतारमा एकैदिन ५ हजारले जीते कोरोना

Posted on: 30 May, 2020

योगेन्द्र योगी | जेठ १७, दोहा | कतारमा एकै दिन ५ हजार २ सय ३५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कतारको जनस्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा अनुसार ५,०९१ जनामा गरिएको परिक्षणमा थप २,३५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने योसंगै कतारमा भाइरस संक्रमितको संख्या ५५,२६२ पुगेको छ । 

संक्रमितमध्ये १९ देखि ४० वर्षका युवा कामदार रहेकोले निको हुनेको संख्या पनि उच्च देखिएको हो । कतारमा हालसम्म २५ हजार ८ सय ३९ जना निको भएर घर फर्किसकेका छन् भने अहिलेसम्म कोरोनाबाट ३६ जनाको मृत्यु भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमितको संख्या थपिदै जाँदा पोजेटिभ देखिएकाहरुलाई समेत अस्पताल लगिएको छैन । उनीहरु कोठामै बस्न बाध्य भएका छन् । संक्रमित मध्ये धेरैजसो आप्रवासी कामदारहरु रहेको बताइएको छ  । 

यता, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्दार तथा राहत बितरण समिती द्वारा कतार सरकार गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्नको राहत प्याकेज बार्हौ चरणमा कतारको विभिन्न ठाउँमा रहेका १९२ जना कोरना भाइरसको प्रभाबले पीडित नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको उद्दार तथा राहत बितरण समितीका संयोजक उत्तम गुरुङ्गले जानकारी दिएका छन् । 

कोरोनाको कारणले कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र ईमेल मार्फद पनि सम्पर्क गर्न अनुरोध गरिएको गैर आवासिय नेपाली संघ कतारले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!