कोरोनाको कारण कुनै पनि नेपालीको मृत्यु भएको छैन: दूतावास

Posted on: 01 Jun, 2020

योगेन्द्र योगी | जेठ १९, दोहा | बहराइनमा कोरोनाको कारण अहिलेसम्म कुनै पनि  नेपाली कामदारको मृत्यु नभएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

गैरआवासीय नेपाली संघको तथ्याँक भन्दै विभिन्न सञ्चार माध्यममा बहराइनमा तीन जना नेपालीको कोरोनाको कारण मृत्यु भएको भन्दै आएको समाचारको खण्डन गर्दै दूतावासले बहराइनमा अरु कारणले ज्यान गए पनि कोरोनाको कारण अहिलेसम्म कसैको पनि मृत्यु नभएको जनाएको छ ।

बहराइनमा अहिलेसम्म ३३१ जना नेपालीमा कोरोना पुष्टि भएको र उनीहरुको बहराइन सरकारले निसुल्क रुपमा उपचार गरिरहेको दूताबासले जनाएको छ । 

बहराइनमा अहिलेसम्म ११ हजार २८८ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ६ हजार ६७३ जना निको भइसकेका छन् । ४ हजार ५९७ जनाको अस्पतालमा उपचार भइरहेको छ । बहराइनमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म १८ जनाको मृत्यु भैसकेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!