खाडी मुलुकमा कोरोना संक्रमण : कुन देशमा कति संक्रमित ? हेर्नुहोस्

Posted on: 03 Jun, 2020

जेठ २१, काठमाडौं। नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुहरु अन्तर्गत पर्ने खाडीका ६ देशमा कोरोना सक्रमण बढ्दै गएको छ । लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार १६५ जनाको मृत्यु भएको छ । यो समाचार तयार गर्दासम्म २ लाख ३८ हजार ८१७ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ५४९ जनाको मृत्यु भएको छ । त्यहाँ ८९ हजार ११ जना संक्रमित भएका छन् । यस्तै यूएईमा २६९ जनाको मृत्यु भएको छ भने ३५ हजार ७८८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा २२६ जनाको मृत्यु भएको छ भने २८ हजार ६४९ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ५९ जनाको मृत्यु भएको छ भने १२ हजार ७९९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा ४३ जनाको मृत्यु भएको छ भने ६० हजार २५९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १९ जनाको मृत्यु भएको छ । त्यहाँ १२ हजार ३११ जना संक्रमित भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!