कोरोनाबाट कतारमा चार नेपाली कामदारको मृत्यु

Posted on: 08 Jun, 2020

योगेन्द्र योगी | जेठ २६, दोहा | कतारमा कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म चार नेपालीको मृत्यु भएको छ । कतारस्थित नेपाली दूताबासका अनुसार  मृत्यु हुने मध्ये २ जनाको मृत्युको प्रमुख कारण अन्य रोग देखिए पनि मृत्युको प्रमुख कारण कोरोना नै भएको जनाएको छ । 

नेपालमा लक डाउन पछि कतारमा ४० जना नेपाली कामदारको मृत्यु भएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार हालसम्म ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भईसकेको छ ।

कतारमा कोरानाबाट सङ्क्रमण हुनेको सङ्ख्या ६८ हजार ७ सय ९० पुगेको छ । अहिलेसम्म ४४ हजार ३ सय ३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोनाको कारण अहिलेसम्म ५४ जनाले ज्यान गुमाईसकेका छन् । 

यता, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित कोरोना उद्दार तथा राहत बितरण समितीले कतारको गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्न सोह्रौं चरणमा कतारको विभिन्न ठाउँमा रहेका र खाद्यान्नको समस्यामा रहेका ५०६ जना पीडित नेपाली  श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको गैर आवासिय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समितीका संयोजक उत्तम गुरुङ्गले जानकारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!