कुवेतबाट नेपालीलाई लिएर आउने भनिएको उडान हुन सकेन

Posted on: 11 Jun, 2020

योगेन्द्र योगी | जेठ २९, दोहा | कुवेतबाट बुधबार आउने भनिएको पहिलो चार्टर उडानको समयतालिका अझै अनिश्चित नै छ । कुवेतको शेल्टरका नेपालीहरुलाइ लिएर कुवेतबाट उडान हुने भनिएको जजिरा एयरवेजको विमान विविध प्राविधिक समस्याका कारण उडान हुन नसकेको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ । 

जजिरा एयरवेजले बुधबारको एउटा उडान रद्द गरि भोलि बिहिबारबाट दुई ओटा विमान पहिलो बिहान ११:३० र अर्को मध्यान्ह १२:३० बजे नेपाल अवतरण हुनेगरी उडान हुने भएको छ । 

पहिलो उडानमा बच्चाको आमाहरु भएको शेल्टर आर्दिया १६८ जना लिएर उडान गर्ने भनिएको थियो । आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची परराष्ट्रलाई बुझाएको दूतावासले जनाएको छ । यसरी फर्काइने नेपालीहरुको निसुल्क रुपमा स्वास्थ परिक्षण हुने छ भने उडानको पनि निसुल्क व्यवस्था गरिएको कुवेत सरकारले जनाएको छ । 

उनीहरु यतिबेला कुवेत सरकारले निर्माण गरेको सेल्टरमा बसिरहेका छन् । कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ । नेपालले अनुमति दिएमा कुवेत यसअघि नै पनि आममाफीमा सहभागीलाई पठाई दिने भनेको थियो । विविध कारणले घर फर्कनै पर्ने करिव ४ हजार नेपालीहरुले दूतावासमा फारम भरेका छन् । 

अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले  गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि  काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!