स्वदेश फर्कन चर्को भाडादरको विरोध गर्दै मलेसिया दुतावासमा २२ संघ-संस्थाद्वारा ज्ञापनपत्र

Posted on: 12 Jun, 2020

जेठ ३०, काठमाडौँ | कोरोना भाइरसको कारण बिभिन्न देशमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ताको लागि नेपाल सरकार मन्त्रीपरिषदले निर्णय गरेको चार्टर विमान भाडादर प्रती चौतर्फी आलोचना भईरहेका बेला मलेसियाका नेपाली संघ-सस्थाहरुको पनि ध्यानाकर्षण भएको छ ।

मलेशियामा अलपत्र नेपालिहरुको उद्दारका सम्बन्धमा नेपाल सरकार मन्त्रीपरिषदले निर्णय गरेको चार्टर विमान भाडादर प्रती मलेशियामा स्थापित विभिन्न २२ नेपाली संघ-सस्थाहरुले गैर आवासीय नेपाली संघको नेतृत्वमा दुतावास समक्ष संयुक्त  ज्ञापनपत्र बुझाएका छन् । 


मलेसियास्थित नेपाली राजदुत उदयराज पाण्डेसमक्ष पेश भएको ज्ञापन पत्रमा भनिएको छ 'कोभिड १९ को महामारीबाट पिडित प्रवासमा रहनुहुने नेपालीहरुको उद्दारका लागि नेपाल सरकारको निर्णय अनुसार केहि उडानहरु व्यवस्था गरेकोमा धन्यवाद दिन चाहन्छौं । प्राथमिकतामा पर्नुहुने यात्राको लागि नेपाली श्रमिकहरुले आफै हवाई टिकट काटी जानुपर्ने बाध्यतामा मलेसियाका लागि तोकिएको USD 520 नेपाली श्रमिकहरुको हकमा मूल्य अत्याधिक बढी भएकाले गैर आवासीय नेपाली संघ तथा मलेसियामा क्रियाशील विभिन्न संघ, संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।' 

ध्यानाकर्षणमा अगाडी उल्लेख छ 'सरकारले उद्दारको वहानामा अलपत्र कामदारमाथी व्यापार गर्ने गरी चर्को मूल्य निर्धारण गरेको हुँदा यो बारेमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले निर्धारण गरेको भाडादर पिसिआर टेष्ट, क्वारेन्टाइन खर्च सबै जोड्दा १ लाख १५ हजार नेपाली हुन आउँछ ।'

तल हेर्नुहोस नेपाली संघ-सस्थाहरुले गैर आवासीय नेपाली संघको नेतृत्वमा बुझाएको ज्ञापनपत्र:

यस बिषयमा तपाइको प्रतिक्रिया...!