चौतर्फी विरोधपछि स्वदेश फिर्ताको लागि हवाई भाडा घटाइयो, नयाँ भाडा कति ? हेर्नुहोस्

Posted on: 12 Jun, 2020

जेठ ३०, काठमाडौँ | विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फिर्ता ल्याउने प्रायोजनको लागि सामान्य अवस्थामा भन्दा तीन गुणाबढी हवाई भाडा तय गरेको भन्दै चौतर्फी विरोध भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडामा परिमार्जन गरेको छ । 

मन्त्रालयले बुधबार राती हवाई भाडा केहि घटाएर नयाँ भाडादर तय गरेको छ । मन्त्रालयले केही गन्तव्यको भाडादर भने यथावत नै राखेको छ ।  

विभिन्न गन्तव्यबाट काठमाडौंसम्मको नयाँ भाडादर (अमेरिकी डलरमा) यस्तो छ: 

साउदीअरब (दमाम) - ५३० डलर (पहिलेको तुलनामा ६० डलर सस्तो)  

साउदीअरब (रियाद) - ५६५ डलर (पहिलेको तुलनामा ६५ डलर सस्तो)

साउदीअरब (जेद्हा) - ६९० डलर (पहिलेको तुलनामा ८० डलर सस्तो) 

जोर्डन - ७७५ डलर (पहिलेको तुलनामा ४० डलर सस्तो)

साइप्रस - ८३० डलर (पहिलेको तुलनामा ४५ डलर सस्तो)

जापान (नारिता) - ९३५ डलर (यथावत)

खार्तुन (सुडान) - ८९० डलर (पहिलेको तुलनामा ५० डलर सस्तो)

फ्रयाङकफर्ट - ११९० डलर (पहिलेको तुलनामा ६५ डलर सस्तो)

लन्डन - यथावत

नयाँ दिल्ली - २०५ डलर (यथावत)             

मुम्बइ - ३१० डलर (यथावत)

बैंगलोर - ३३५ डलर (यथावत)

बैंकक - ३९० डलर (यथावत)

कम्बोडिया - ५२० डलर

युएई (दुबइ) - ४५० डलर (पहिलेको तुलनामा ५० डलर सस्तो)

युएई (आवुदाबी) - ४५० डलर (पहिलेको तुलनामा ५० डलर सस्तो)

युएई (सारजाह) - ४५० डलर (पहिलेको तुलनामा ५० डलर सस्तो)

माल्दिभ्स - ४८० डलर (पहिलेको तुलनामा २५ डलर सस्तो)

ओमन - ४६० डलर  (पहिलेको तुलनामा ५० डलर सस्तो)  

मलेसिया (क्वाललम्पुर) -  ४६५ डलर (पहिलेको तुलनामा ५५ डलर सस्तो) 

कतार (दोहा) - ४९० डलर (पहिलेको तुलनामा ५५ डलर सस्तो) 

बहराइन - ४९० डलर (पहिलेको तुलनामा ५५ डलर सस्तो) 

हङकङ - ५५० (यथावत)

कुवेत - ५१० डलर (पहिलेको तुलनामा ६० डलर सस्तो)

अष्ट्रेलिया (सिड्नी) - नयाँ थप १६१५ डलर 

कोरिया (सोल) - नयाँ थप ८७५ डलर

यस बिषयमा तपाइको प्रतिक्रिया...!