यी हुन् साउदीको जेद्दाबाट पहिलो चरणमा स्वदेश फर्किने २७० नेपाली (नामावली सहित)

Posted on: 17 Jun, 2020

योगेन्द्र योगी | असार ३, दोहा | साउदीको जेद्दाबाट पहिलो चरणमा २७० जना नेपालीहरु स्वदेश फर्कने भएका छन् । कोरोनाका कारण समस्यामा परेका प्रथामिकताको आधारमा पहिलो चरणमा स्वदेश फर्कने नेपालीको सूची सार्वजनिक गरेको जेद्दास्थित महावाणिज्य दूतावासले जनाएको छ ।

महावाणिज्य दूतावासका अनुसार जेद्दाबाट कहिले उडान हुने भन्नेबारे पछि जानकारी गराइने जनाएको छ । स्वदेश फर्कने नेपालीको साथमा सात दिनभित्रको कोरोना जाँचको पीसीआर अथवा आरटीडीको रिपोर्ट हुनुपर्ने जनाएको छ ।

जेद्दाबाट स्वदेश फर्कने नेपालीले कोरोना जाँच कहाँ गर्ने भन्नेबारे अहिलेसम्म कुनै जानकारी गराइएको छैन । दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ । 

रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेको दूताबासले जनाएको छ ।  

नामावली हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!