युएई स्थित दुतावासका एक कर्मचारीले बोलेको अभिव्यक्ति सहितको भिडियो भाइरल भएपछि...

Posted on: 17 Jun, 2020

योगेन्द्र योगी | असार ३, दोहा | कोरोनाको कारण समस्यामा परेका नेपालीहरुको उद्दारको लागि तोकिएको उडान रद्द भएपछि यूएइमा रहेका र घर फर्कने आशमा बसेका नेपालीहरु थप समस्यामा परेका छन् । 

खाने बस्ने समस्या भएपछि उनीहरु स्वदेश फर्काइदिन माग गर्दै यूएइस्थित नेपाली दूतावासको ढोकामा गुहार माग्न र समस्या सुनाउन पुगे त्यहाँ पुगेका पिडित नेपालीहरुलाई उद्दार गर्ने काम हाम्रो होइन भन्दै ढोका बन्द गरे ।

आफूहरु श्रम गरेर आएकाले उद्धारका लागि सरकारले जिम्मेवारी लिनुपर्ने पिडितहरुको भनाइ थियो । दूतावासको कोठाभित्रैबाट  कर्मचारीले घर फर्कने पालो आएपछि फोन गर्ने भन्दै उनीहरुलाई उनीहरुलाई रुखो बोलीमा सम्झाए जस्तो देखिन्छ सामाजिक संजालमा भाइरल भएको भिडियोमा ।


आफूहरु पालो कुर्न तयार रहेको तर खान बस्न नै समस्या भएकोले त्यसको व्यवस्था गरिदिन आग्रह गर्दा पनि दूताबासले हाम्रो मागको बेवास्था गरेको पिडित श्रमिकहरु बताउछन् ।

यता, यूएईस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा बोलेको कुरा दूतावासको आधिकारिक नभएको जनाएको छ ।

केही दिन पहिले दूताबासमा एकजना नेपाली श्रमिकले उद्धारको लागि याचना गर्दा दूतावासका कर्मचारीले ‘उद्धार गर्ने काम हाम्रो होइन’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

दूतावासको सम्पर्कमा आउने समस्यामा परेका नेपालीलाई त्यहाँका कर्मचारीले सहयोग गर्ने, सम्झाउने र यथार्थ जानकारी दिने गरेको दूतावासको भनाइ रहेको छ ।

यस्तै यस्तो अप्ठ्यारो स्थितिमा पनि धैर्यधारण गरेर सहयोग गरेकोमा दूतावासले यूएईमा रहेका सबै नेपालीलाई धन्यवाद दिएको छ । आगामी दिनहरु सहज बनाउन र हवाइ उडान सुचारु गराउन निरन्तर प्रयास भइरहेको दूतावासले जानकारी दिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!