आज कुवेत, ओमान र मलेसियाबाट नेपालीहरु स्वदेश फर्कंदै

Posted on: 18 Jun, 2020

असार ४, काठमाण्डौ | आज कुवेत, ओमान र मलेसियाबाट नेपालीहरु स्वदेश फर्कंदै छन् । 

आज स्वेदेश फर्कनेहरुमा कुवेतबाट आममाफीमा सहभागी १५० जना नेपालीहरुलाई कुवेत सरकारले कोरोना समेत जाँच गरि निशुल्क नेपालसम्म ल्याइदिनेछ । कुवेतबाट नेपालीलाई लिएर जजिरा एअर काठमाण्डौ आउने भएको छ ।

त्यस्तै आजै ओमानबाट १८० जना नेपाली स्वदेश फर्कदैछन् । ओमानबाट सलाम एअरले चार्टर्ड उडानमार्फत १८० जना नेपालीलाई स्वदेश ल्याईदिन लागेको हो । सलाम एअरले नेपाल सरकारले तोकेभन्दा सस्तोमा नेपालीहरुलाई स्वदेस ल्याउँदैछ ।

त्यस्तै आजै मलेसियाबाट त्यहाँ समस्यामा परि दुतावासले प्राथमिकता निर्धारण गरेकाहरुलाई हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश ल्याईदैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!