एनआरएनए मध्यपुर्वका युवा संयोजक राज रेग्मीको पहलमा वाईसि बैठक, ३६०० डलरको फन्ड निर्माण

Posted on: 19 Jun, 2020

असार ५, दोहा । एनआरएनए मध्यपुर्बका युवा संयोजक राज रेग्मीको पहलमा मध्यपुर्व संयोजक/ सहसंयोजक सहित मध्यपुर्व सबै एनसिसिका अध्यक्ष र युवा संयोजकहरुको बृहत  मिटिङ्ग सम्पन्न भएको छ ।

रेग्मीको अध्यक्षतामा भएको बैठकमा  कोभिड १९ बाट युवाहरुलाई पारेको असर र यसमा के कस्ता गतिबिधि गर्न सकिन्छ भनेर सबैसँग सुझाव लिईएको थियो । त्यसैगरी स्वदेश फिर्ता जानेहरुको विषय संभव, सान्दर्भिकता र संस्थागत सँगै मध्यपुर्वमा रहेका युवाहरुको स्तरोन्नति र उनीहरुको सुखद भविस्य बनाउने   विषयमा बैठक केन्द्रित रहेको थियो ।

बैठकमा एनआरएनए मध्यपुर्वका संयोजक प्रविन गुरुङ्ग,सहसंयोजक मनोज गोर्खाली, सहसंयोजक राजेन्द्र अर्याल, कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र युवा संयोजक रबिन मगर, युएईका अध्यक्ष प्रकाश कोईराला र युवासंयोजक मदन अधिकारी, कुवेतका अध्यक्ष सुजन केसि र युवा संयोजक नवराज पराजुली , बहराइनकी अध्यक्ष लक्ष्मी गिरी र युवा संयोजक तिर्थ भण्डारी,  ओमानका अध्यक्ष सेवन्त पुर्जा र युवा सम्योजक फुर्वा लामा, साउदी अरबका अध्यक्ष तेज बहादुर थापा र युवा संयोजक कुमार श्रेष्ठ लगायतले कोरोना प्रकोपका कारण उत्पन्न अवस्था र सबै देशका युवाहरुको बारेमा जानकारी गराएका थिए । 

उक्त बैठकमा एनआरएन मध्यपूर्व संयोजक प्रबिन गुरुङले मध्यपुर्व युवासंयोजक रेग्मीको कार्यको खुलेर प्रंशसा गर्दै आफुले पनि उक्त फन्डमा सहयोग गर्ने बताए  । उनले आफु पनि सधैँ युवाहरुको हकहितका लागी रेग्मीको अभियानसँगै रहने बताए । गुरुङ्गले तत्काल नेपालीलाई स्वदेश फर्काउन नसके समस्या अझै जटिल हुने बताउंदै अब छलफल मात्र नभई एक्सनमा नै आउनुपर्ने बेला आएको बताए । 

गुरुङ्गले स्वदेश फ़र्काईएका सबैलाई जिल्लामै क्वारेन्टाइनको व्यवस्था गर्न सके  सजिलै समाधान हुने र समस्या पनि नहुनेकुरामा जोड दिदै अहिले मध्यपूर्व र मलेशिया विश्वमै ठूलो चुनौतिको रुपमा रहेको बताए । यस क्षेत्रलाई समयमै सहजीकरण गर्न नसक्ने हो भने देशले ठूलो क्षति बेहोर्नु पर्ने छ ।  गुरुङले  केन्द्रबाट मध्यपूर्वमा आएको सहयोगको उच्च मुल्यांकन गर्दै सम्पूर्ण आइसीसी पदाधिकारीहरुलाई धन्यवाद समेत  व्यक्त गरे ।

गुरुङले मध्यपूर्वका  एनआरएनए निस्वार्थ नेपालीको सेवामा लागेको बताउदै यो परिस्थितिमा एनआरएन र दुताबास सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । दूतावास जानुपूर्व नै अहिले हजारौं समस्या हामीले विचमै समाधान गरेका छौं मलाई लाग्छ त्यो पक्कै पनि दूतावासले गौरव गर्ने कुरा हो । 

मध्यपुर्व सहसंयोजक गोर्खालीले राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय परिषद बिचको संबन्ध, कोभिड १९ संबन्धि थप  प्रयास र संयोजन संबन्धि एनसीसी र आइसीसी  सहकार्य गरेर जानुपर्ने र  नेपाल फर्कन चाहनेहरुको लागि थप पहल गर्ने र मध्यपुर्बमा रहेका युवाहरुको लागी मध्यपुर्व युवासंयोजक रेग्मीको कार्यको सराहना गरे  ।

मध्यपूर्ब सहसंयोजक राजेन्द्र अर्यालले दुताबास र बिभिन्न संघसंस्थाहरु एकताबद्द भएर यो प्रकोपसँग जुध्नु पर्ने आवश्यकता रहेको बताए । अर्यालले  सुरक्षाको बिषयमा एनआरएनले थप भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए । उक्त  भर्चुअल बैठकमा बक्ताहरुले मनोवैज्ञानिक असरले गर्दा हिर्दयघात  र आत्महत्याका घट्नाहरु बढेकोमा चिन्ता ब्यक्त गरेका थिए ।

मध्यपूर्वमा रहेका नेपाली युवाहरु  मनोवैज्ञानीक रुपमा त्रसित रहेकोले उनिहरुको मनोबल उच्च बनाउन काउन्सिलिङ कार्यक्रमको आवश्यकता रहेको समेत बक्ताहरुले बताए । बैठकले हटलाइन मार्फत नेपालीहरुलाई सेवा प्रदान गर्नुपर्ने, राहतको लागी बिभिन्न प्रकारका  फण्डको व्यवस्था गर्नु पर्नेमा जोड दिएको छ । 

उक्त बैठकमा  कोरोना कहर समाधान र युवाहरुको वृद्धि विकाशका लागि मध्यपुर्व युवासंयोजक रेग्मीद्वारा आफुले नै ३६०० डलर राखेर युवाहरुको लागि फन्ड निर्माण गरेका छन ।  उनले उक्त फन्डमा सहयोग गर्न एनआरएनए आईसिसि र मध्यपुर्वका सबै अग्रजहरु लाई आग्रह  समेत गरेका छन । यो फन्डमा संकलन भएको रकम मध्यपुर्वमा रहेका युवाहरुको हकहितका लागी प्रयोग हुने रेग्मीले बताएका छन । यो रकम कोरोनाबाट प्रभावित भएका युवाहरुको लागी , खेलकुदको लागी,युवाहरुको वृद्धि विकासको लागी र युवाहरुलाई सचेतनाको लागी प्रयोग हुने रेग्मीले बताए ।

रेग्मीले मध्यपूर्वमा रहेका युवाहरुको  सबै एनआरएनए एनसीसी र दुतावासले संयुक्त रुपमा डाटा संकलन गर्नु  पर्नेमासमेत  जोड दिएका थिए । उक्त बैठकमा सहभागी सबै मध्यपुर्वका एनआरएनए एनसिसिका अध्यक्षहरु र युवासंयोजकहरुले आफ्नो आफ्नो देशका समस्याको बारेमा जानकारी गराउदै मध्यपुर्व युवा संयोजक रेग्मीको अभियानको खुलेर प्रंशसा गर्दै आफुहरु पनि यो अभियानमा जोडिने बताए 

उक्त बैठकको समाप्ति पछि रेग्मिकै पहलमा एनआरएनए आईसिसि उपाध्यक्ष रबिना थापा, आईसिसि युवासंयोजक हिमाल गुरुङसहित मध्यपुर्बका सबै देशका युवासंयोजकहरुको छुट्टै भर्चुअल मिटिङ्ग बसि मध्यपुर्वमा रहेका युवाहरुको लागी आईसिसिको धारणा माग गरेका थिए ।

उक्त बैठकमा  गैरआवासीय नेपाली संघका उपाध्यक्ष रविना थापाले संघका पछिल्ला गतिबिधिबारे जानकारी गराईन । यसका साथै उनले मध्यपूर्वमा युवाहरुको समस्याको बारेमा जानकारी लिईन् र   त्यसका लागि सहयोग गर्ने बताईन । यसबाहेक लकडाउन र शेल्टर इन प्लेसले डोमेस्टिक भायोलेशन बढेकोले आइसीसी महिला संयोजकको संयोजनमा थप गतिबिधि गर्न प्रयास गरिएको जानकारी समेत गराईन । त्यसैगरी युवा संयोजक गुरुङले कोभिड १९ सँग संबन्धित कुरा, सपोर्ट र एनआरएनए मध्यपुर्व युवा संयोजकको पहल अनि आपसमा मिलेर जाने बताए । उनले बैठकमा उठेका थुप्रै विषयको  जवाफ पनि दिए । उनले मध्यपुर्वमा रहेका नेपाली युवाहरुको हकहितमा सधैँ रहने र रेग्मीको अभियानमा सहकार्य गरेर अगाडी बढने बताए ।

गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्थाहरुको राहत एवं सहयोगले गाँस बाससम्मको जोहो गरिरहेका मध्यपुर्बमा  अलपत्र युवाहरु  हालकै अवस्थामा नेपाल सरकारले तोकेको  दरमा टिकट लिएर फर्कन नसक्ने बैठकमा  रेग्मीले बताए उनले सर्वोच्चले हालै गरेको निर्णय स्वागतयोग्य भएकाले यो तुरुन्तै लागु गर्नसमेत सरकारलाई अनुरोध गरे ।  

कोरोनाको कारण महिनौदेखि वेतलबी बस्न बाध्य भएका वास्तविक पीडित जो सङ्ग खानाको लागि खाद्यान्न समेत नभएकाले बिभिन्न संघ सँस्थाको सहयोगमा बाचिरहेका अवस्थामा उनीहरुले सरकारले तोकेको भाडादर भुक्तान गर्न नसक्नेसमेत  रेग्मीले बताए ।

अहिले कतिपय नेपालीलाई बिभिन्न सँस्थाले सहयोग गरेर खईरहेका छन त कतिपय कामदार कम्पनीले नै बस्न र खाना व्यवस्था गरि जीविकोपार्जन गरिरहेका छन् भने अन्य कति सहयोग मागेर वा साथीभाइ र आफन्त सँग ऋण मागेर गुजारा गरि रहेका छन् । खर्च बिहिन भएर जीबनयापन गरिरहेका त्यस्ता पीडितलाई नेपाल सरकारले नै भाडा र सम्पुर्ण खर्च भुक्तान गरि उद्धार गरिनु पर्दछ रेग्मीले बताए ।

 रेग्मीले सरकारले वैदेशिक रोजगार कोषमा रहेको कामदारकै पैसाले सर्बोच्च अदालतको आदेश सँगै विदेशमा अलपत्र र समस्यामा परेका कामदारलाई स्वदेश तत्काल फर्काउनुपर्ने बताए ।  अहिले एक जना मान्छे घर फिर्ति आउन र क्वारेण्टिनमा बस्न एक लाख भन्दा बढि खर्च गर्नुपर्ने भएकाले त्यो कामदारले स्वीकार्न सक्ने रकम नभएको रेग्मीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!