संसारभरी २४ घण्टामा भेटिए हालसम्मको सर्वाधिक कोरोना संक्रमित

Posted on: 22 Jun, 2020

असार ८, काठमाण्डौ। विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घण्टामा हालसम्मको सर्वाधिक संक्रमित भेटिएको जानकारी दिएको छ । संगठनले पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । तीमध्ये ६० प्रतिशत बढी संक्रमित उत्तरी र दक्षिणी अमेरिकाको भएको जानकारीमा उल्लेख छ ।

विभिन्न देशले क्रमशः लकडाउन खुकुलो बनाउँदै गएपछि संक्रमितको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भइरहेको छ । अमेरिका अहिले पनि संसारको सबैभन्दा प्रभावित देश हो । यहाँ हालम्मि २२ लाख ७९ हजार संक्रमित भेटिएका छन् ।

ब्राजिल दोस्रो सर्वाधिक प्रभावित देश हो । यहाँ करिब ११ लाख संक्रमित छन् भने करिब ५० हजार मृतक रहेका छन् । संसारभर कोरोना संक्रमित व्यक्तिको संख्या ८९ लाखभन्दा बढी भइसकेको छ भने मृतकको संख्या ४ लाख ६७ हजारभन्दा बढी छ । स्रोतः बीबीसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!