अस्ट्रेलियामा अर्को काण्ड: दुई नेपाली पक्राउ

Posted on: 23 Jun, 2020

असार ९, विराटनगर । अष्ट्रेलियामा ८५ वर्षीया एक बृद्धालाई ठगी गरेको आरोपमा विराटनगरका दुईजनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुस भट्टराईलाई पश्चिमी सिड्नीबाट पक्राउ गरेको हो । नेहा गिरीको नेपालमा नाम सरिता गिरि रहेको समेत बताइएको छ । 

पक्राउ परेका दुईजना नेपालीलाई त्यहाँको कानुन अनुसार छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं तह र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो तहको मुद्दा लगाएको छ ।

उनीहरुले अष्ट्रेलियाकि एक वृद्धालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने भन्दै तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए । उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । उक्त पैसा लिन ठगिमा संलग्नहरु वृद्धाकै घरमा पुगेका थिए ।

    

पैसा बुझाएपछि वृद्धा प्रहरीकोमा गएर उजुरी दिएकि थिइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए ।

प्रहरीले बृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्राउ गरेको हो । दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ । र, अदालतले पनि जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।

अनुसन्धानकर्ताहरुकाअनुसार यसरी नै ठगीमा परेकाहरु पीडितहरुको पनि पहिचान भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!