साउदीमा एक नेपालीको मृत्यु, जीवितै नेपाल फर्कने इच्छा पुरा हुन पाएन

Posted on: 03 Jul, 2020

योगेन्द्र योगी | असार १९, दोहा | बैदेशिक रोजगारीको सिलसिला लामो समयदेखि साउदको टमिमी ग्लोबल कम्पनीमा कार्यरत रहेका संखुवासभा खाँदबारी नगरपालिका १० चन्दन्पुरका निवासी दिनेश कुमार श्रेष्ठ ( गणेश श्रेष्ठ ) को मृत्यु भएको छ । 

बिगत ३ महिनादेखि स्वास्थ्यमा समस्या आएको कारण साउदी एक अस्पतालमा उपचार गराई रहेका थिए । उनको दुबै मृगौला फेल भएको तथा ब्लड क्यान्सरको कारण मृत्यु भएको रविन ढकालले जानकारी दिए । 

ढकालका अनुसार झन्डै २० वर्षदेखि साउदीमा कार्यरत रहेका श्रेष्ठको आवश्यक हेरचाहा नपुगेको र डाक्टरले राम्रोसँग ख्याल नगरेको कारण असार १४ गते अस्पतालमै मृत्यु भएको थियो ।

जीवित हुदा नेपाल आउने धेरै इच्छा ब्यक्त गरेका थियो तर जीबित छदा ल्याउन नसके पनि अन्तिम संस्कार नेपालमै गर्ने परिबारले चाहाना रहेको छ । त्यसैले साउदीस्थित सामाजिक अभियानता, संघ संस्था लगायत  नेपाली महानुभावहरुले पहलकदमी गरि मृत शरिरलाई नेपालसम्म ल्याउन सहयोग गरिदिन समेत ढकालले आग्रह गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!