कतारबाट आठौं चरणको उडानबाट १४७ जना नेपाली फर्किए

Posted on: 03 Jul, 2020

योगेन्द्र योगी | असार १९, दोहा | कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज पहिलो चरणको आठौं पटक नेपाल एयरलाइन्स एयरलाइन्सको उडानमार्फत् कतारबाट एक सय ४७  जना नेपाली स्वदेश फर्केका छन् ।

कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले दिएको जानकारी अनुसार आठौं चरणको उडानमार्फत् ६ जना महिला र १४१ जना पुरूस रहेका छन् । 


दोहाबाट काठमाडौँको लागि उडेको आरए २३९२ नम्बरको सो  उडानमा कोरोना भाइरसका कारण मृत्यु भएका दुई जना नेपालीको शव पनि नेपाल पठाईएको सचिव भट्टराईले बताए ।

प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।

उनीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

यस्तै अर्को उडान जुलाई ४ र ७ हिमालय एयरलाइन्सले र जुलाई ४, ७ र ९ मा नेपाल एयरलाइनले उडान गर्ने दूतावासले जनाएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!