सस्तोमा उद्धार उडान सुरु

Posted on: 15 Jul, 2020

असार ३१, सिड्नी | संकटका बेला नेपाल सरकारले नै नेपालीका लागि गरेको उद्धार उडानको भाडादर महँगो भएको गुनासो आईरहेका बेला अस्ट्रेलियाबाट सस्तो हवाई भाडामा उद्धार उडान सुरु भएको छ । 

अस्ट्रेलियाबाट अघिल्लो पटकको तुलनामा नौ सय अस्ट्रेलियन डलर सस्तोमा उद्धार उडान सुरु भएको हो । जुन नेपाली रुपयाँ ४५ हजार भन्दा बढी सस्तो हो ।

अघिल्ला नेपाल एअरलाइन्सका उडानहरुको भाडा दुई हजार ६ सय ५० अस्ट्रेलियन डलर थियो । तर नेपाली दूतावास अस्ट्रेलियाको पहलमा निर्माण गरिएको विशेष समितिको पहलमा गरिएको उद्धार उडानमा मंगलबार अस्ट्रेलियाका तीन सहरबाट एक सय ४९ जना नेपाल प्रस्थान गरेका छन् । उक्त उडानले जम्मा एक हजार ७ सय ५० अस्ट्रेलियन डलरमा उडान भरेका छन् ।

सिंगापुरबाट नेपाल उडान भर्ने सिंगापुर एरलाइन्सको सिट क्षमता १४९ भएकाले अस्ट्रेलियाबाट १४९ जनालाई मात्रै पठाउन सकिएको एनआरएन अस्ट्रेलियाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!