साउदी दुतावासबाट प्रदान हुने सेवाहरु स्थगित, कारण- कर्मचारीहरु क्वारेन्टाइन बस्नुपर्ने

Posted on: 23 Jul, 2020

साउन ८, काठमाडौँ । साउदी स्थित नेपाली दुतावासले प्रदान गर्ने सेवाहरु साउन २० गतेसम्मको लागि स्थगित भएको छ । दुतावासले एक सूचना जारि गर्दै यस सम्बन्धमा जानकारी दिएको छ । 

कोरोना संक्रमणको कारण राजदूतावासका केही कर्मचारीहरु समेत केहि दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको जानकारी दिँदै दुतावासको काउन्टरबाट जारी हुने सेवाहरु स्थगित भएको दुतावासले जनाएको छ । दुतावासको सेवा स्थगित हुने सम्बन्धमा दुतावासले ईद पर्वको लामो विदा समेत परेकोले नेपाली राजदूतावासले नेपाली कामदारहरुका सम्बन्धमा साउदी सरकारी कार्यालयबाट लिने सेवाहरु पनि सुचारु नहुने जनाएको छ ।

दुतावासले स्वदेश फिर्ती सम्बन्धी उडानहरूको तालिका प्राप्त हुनासाथ आफ्नो फेसबुक पेजबाट सार्वजनिक गर्ने समेत जनाएको छ । यसै सम्बन्धमा दुतावासले अब हुने उडानहरुको बारेमा टेलिफोनबाट सोधिरहनु नपर्ने जनाएको छ । यस बाहेक कसैलाई अत्यावश्यक काम परी राजदूतावासमा सम्पर्क गर्नु परेमा राजदूतावासका हटलाइन ०५५९३८९६०० र अर्को एक टेलिफोन नं ०५०००३४७८६ वा कामसँग सम्बन्धित कर्मचारीहरुको मोवाइलमा सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!