थप ५० नेपालीलाई जापानमा छात्रवृत्ति

Posted on: 02 Aug, 2020

साउन १८, काठमाडौँ | जापानमा अध्ययनरत थप ५० नेपाली विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसनले उक्त छात्रवृत्ति दिने भएको हो । 

उक्त संस्थाले विभिन्न देशका झण्डै ४८० विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको छ । सो संस्थालाई जापानमा कौएकी जाइदान हौजिन भनिन्छ । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको उपस्थितिमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बारेमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले प्रत्येक महिना रु ३० हजारका दरले दुई वर्षसम्म उक्त रकम पाउने छात्रवृत्तिका लागि सहयोगी भूमिका निर्वाह गरिरहेका कोएकी जाइदान होजिनमा कार्यरत कमल बाँस्तोलाले बताउनुभयो । छात्रवृत्तिको लागि सिफारिस भने गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) जापानले गर्ने भएको छ । 

एनआरएनए जापानले आर्थिक अवस्था कमजोर रहेका र जापान आएपछि जापान सरकारले तोकेको मापदण्डमा रहेर बस्दै आए, नआएको भन्ने आधारमा छनोट गर्नेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!