आज कतारबाट दुई उडान, ३०१ जना नेपाली स्वदेश फर्किए

Posted on: 10 Aug, 2020

साउन २६, काठमाडौँ | आज दोहाबाट भएको २७ र २८ औं उडानमार्फत ३०१ जना नेपाली स्वदेश फिर्ता भएका छन् । दुतावासले दिएको जानकारी अनुसार दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको NA 2392 को उडानबाट १५१ जना र हिमालय एयरलाइन्सको H95632 को उडानबाट १५० जना नेपालीहरू स्वदेश फिर्ता भएका हुन् । 

दुतावासले जनाए अनुसार कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए अनुसार प्राथमिकता अनुरूप स्वदेश फिर्ता गरिएको हो । 

दुतावासका अनुसार नेपाल प्रस्थान गरेका नेपालीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासबाट डिउटी खटिएका अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!