लकडाउनपछि ३० देशबाट ५१ हजार ७६१ जना स्वदेश फर्किए (देशगत सूची सहित)

Posted on: 19 Aug, 2020

भदौ ३, काठमाडौँ | विश्वव्यापी कोरोना महामारी पछि बिभिन्न देशबाट बिभिन्न उडान मार्फत ५१ हजार ७६१ जना स्वदेश फर्किएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यस सम्बन्धि विवरण दिएको हो । 

केन्द्रले दिएको जानकारी अनुसार सबैभन्दा बढी युएईबाट स्वदेश फर्किएका छन् । युएईबाट मात्र १४ हजार ४८१ जना नेपाली स्वदेश फर्किएका छन् । त्यसपछि साउदीबाट सबैभन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् । साउदीबाट स्वदेश फर्किनेको संख्या ७ हजार ८१७ जना रहेका छन् । त्यसपछि क्रमश: मलेसियाबाट ७ हजार ७९५ जना, कुवेतबाट ६ हजार ३२९ जना, कतारबाट ६ हजार १९१ जना स्वदेश फर्किएका छन् । 

विश्वव्यापी कोरोना महामारीका कारण बिभिन्न देशबाट फर्किएका नेपालीहरुको पुरा विवरण तल हेर्न सक्नुहुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!