आफन्तको पहिचान नहुँदा ४ महिनादेखि साउदीमा एक नेपालीको शव अलपत्र

Posted on: 28 Aug, 2020

भदै १२, दोहा | बैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर मृत्यु भएका एक नेपालीको शव अलपत्र परेको छ । साउदीमा मृत्यु भएका कुमार थापाको ठेगाना र आफन्तको पहिचान हुन् नसक्दा शव अलपत्र अवस्थामा रहेको छ ।

साउदी प्रहरीले शवको जिम्मेवार कोहि नभएको भन्दै डिसपोज गर्न खोजेको भए पनि साउदीस्थित नेपाली दूतावासले रोकेर आफन्तलाई खोज्ने प्रयास गरिरहेको प्रबासी नेपालि समन्वय समितिका बाहय संपर्क संयोजक नारायण पासवानले जानकारी दिए । 

प्रहरीले नेपाली दूतावासमा थापाले आत्महत्या जानकारी दिएको थियो । प्रहरीले जानकारी दिएपछि दूतावासले थापाको  नेपालको ठेगाना र आफन्त खोजी गर्दा नभेटेको संपर्क संयाेजक पासवानले बताएका छन् ।]


उनले गत मे महिनामा आत्महत्या गरेपनि अहिलेसम्म आफन्तको पहिचान नहुदा ४ महिनादेखि शव साउदीमा अलपत्र परेको पासवानले बताए । 

मृतक थापा गैरकानुनी रुपमा रहेर काम गरेको कारण पनि उनको पहिचान गर्न थप समस्या भएको छ भने हस्तलिखित पासपोर्ट भएकाले नामबाहेक अन्य कुनै जानकारी पाउन नसकेको उनले बताए । मृतकको बारेमा जोकोहीलाई जानकारी भए नेपाली दूतावासमा सम्पर्क आग्रह गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!