भिजिट भिषामा नेपालबाट युएई जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ व्यवस्था

Posted on: 16 Oct, 2020

असोज ३०, काठमाडौँ | संयुक्त अरव ईमिरेट्स (युएई) ले नेपाल सहित बिभिन्न देशबाट भिजिट भिषामा आउनेहरुका लागि नयाँ व्यवस्था गरेको छ । नेपालसँगै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट युएई आउनेहरुका लागि नयाँ व्यवस्था अवलम्वन गर्न आफूहरुले निर्देशन प्राप्त गरेको हवाई कम्पनीहरु तथा ट्राभल एजेण्टहरुलाई उधृत गर्दै स्थानीय सञ्चार माध्ममहरुले समाचार प्रकाशन गरेका छन् ।

गल्फ न्यूजका अनुसार सयौं व्यक्ति दुवई एयरपोर्टमा अलपत्र परेपछि नयाँ व्यवस्था लगाइएको हो । पाकिस्तान तथा भारतबाट युएई आएका सयौ व्यक्ति कोभिड १९ सम्वन्धी आवश्यक कागजात विना नै आएका भन्दै विमानस्थलमा नै रोकिएका छन् । उनीहरुलाई स्वदेश फर्काउन थालिएको छ ।


यसैगरी भिजिट भिषामा युएई आउनेहरुसँग कम्तिमा २ हजार दिर्हाम साथमा हुनुपर्ने नियम समेत लगाइएको छ ।

नयाँ व्यवस्था अनुसार नेपाल लगायतका ति मुलुकबाट भिजिट भिषामा युएई आउनेहरुसँग दुईतर्फी हवाई टिकट साथमा हुनुपर्ने नियम छ । यदि कुनै व्यक्तिले युएई प्रवेशको अनुमति प्राप्त गर्न नसकेमा उसलाई सम्वन्धीत व्यक्ति आएकै मुलुक फिर्ता लैजाने दायित्व सम्वन्धीत विमान कम्पनीको नै हुने जनाइएको छ ।

नेपालले यसअघि देखि नै भिजिट भिषामा जानेहरुसँग दुई तर्फी टिकट हुनुपर्ने व्यवस्था लागु गर्दै आएको छ । तर पनि आकर्षक रोजगारीको अपेक्षामा तथा युएई हुँदै अन्य मुलुक जान चाहनेहरु भिजिट भिषामा जाने गरेका छन् । भिजिट भिषाको नाममा हुने मानव तस्करी रोक्न विभिन्न समयमा आवाज उठ्दै र केहि प्रयत्न हुँदै आएको भएपनि यो रोकिएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!