अमेरिकाका दवाडी पर्यटन दुतमा नियुक्त

Posted on: 30 Jul, 2016

विजय थापा/साउन १५,अमेरिका । अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि बस्दै आएका समाज सेवी तथा ब्यबसायी घन प्रसाद दवाडीलाई नेपाल पर्यटन बोर्डले पर्यटन दुतमा नियुक्त गरेको छ । 

नेपालमा पर्यटन प्रवर्धनका लागि सरकार र नीजि क्षेत्रको सहकार्यमा स्थापना भएको पर्यटन बोर्डले दवाडीलाई गत जुलाई ८, २०१६ देखी लागु हुने गरी दुई बर्षका लागि पर्यटन दुतमा नियुक्त गरेको हो । क्यालिफोर्निया सनफ्रान्सिस्को तथा अमेरिकाको पश्चिम क्षेत्रको लागि दवाडीलाई उक्त पदमा नियुक्त गरेको हो ।

 उनलाई नेपाल पर्यटन बोर्डले नियुक्ती गरेकोमा उनले सरकार र वोर्डलाई धन्यवाद दिदै प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न कटिबद्ध रहेको बताएका छन् । पर्यटन दूतमा नियुक्त भए पछि आफु निकै उत्साहित भएको र आफुले गर्ने कुनै कर्तब्यमा आफु नचुक्ने र पछि नहट्ने बताए । 

झन्डै अढाई दशक देखि नेपाल तथा अमेरिकामा पर्यटन (ट्राभल एजेन्सी)ब्यबसायमा संलग्न दवाडी नेपाली हस्तकलाका सामानहरु निर्यातमा पनि अनुभव रहेको छ । 

अमेरिकामा रहेका विभिन्न सामाजिक संघ-सस्थाहरुमा नेतृत्व प्रदान गरेका दवाडी क्यालिफोर्नियाको पुरानो सामाजिक संस्था नेपाली एसोसिएसन् अफ नर्दन क्यालिफोर्निया पूर्व अध्यक्ष तथा एनआरएन अमेरिकाको वर्तमान सल्लाहकार समेत रहेका छन् ।

नेपालमा पर्यटन आगमन वढाउन, सकरात्मक प्रचार प्रसारका लागि पर्यटन बोर्डले विदेशका विभिन्न शहरमा पर्यटन दुत नियुक्त गर्दै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!