अभिनेता राजेश हमाललाई अमेरिकामा राजदूत बन्ने प्रस्ताव

Posted on: 30 Jul, 2016

साउन १५, सनफ्रानसिस्को । बहुचर्चित अभिनेता राजेश हमाललाई अमेरिकामा सयौं नेपालीले राजदूत बनेर आउन प्रस्ताव गरेका छन् । 

सनफ्रानसिस्को बे–एरिया क्षेत्रका लागि पूर्व पर्यटज राजदूत र मदर ल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले हमालको सम्मानमा आयोजना गरेको रात्रीभोजमा विश्वका विभिन्न क्षेत्रबाट सहभागी बनेका नेपालीले यस प्रकारको प्रस्ताव राखेका हुन् । 

‘राजनीतिक दलका नेता र प्रशासकहरुको काम हेरियो, उनीहरुले मुलुकलाई अघिबढाउन सकेनन्, अब हामीलाई तपाईंजस्ता कलाकार चाहिएको छ, नागरिक समाजले देश चलाउनुप¥यो’ डीसी नेपालको प्रत्यक्ष प्रसारणमा सहभागी सयौं नेपालीमध्ये अधिकांशको यही प्रश्न थियो । तर हमालले यस प्रश्नको कूटनीतिक जबाफ दिएका थिए, ‘सदाशयताका लागि धन्यवाद, हेरौं भविष्य के हुन्छ !’

स्मरण रहोस्, राजेशका पिता चूडाबहादुर हमाल पनि राजदूत थिए । उनको असामयिक निधन पाकिस्तानका लागि राजदूत नियुक्त भएपछि भएको थियो । 

राजेशलाई अमेरिका ल्याउन यस पटक स्थानीय युवाहरु प्रकाश थापा, प्रिन्स युवराज कार्कीको योगदान रहेको छ भने अर्का युबा राजेन्द्रबाबु जोशी ले पनि बे एरियामा राम्रो समाज सेवा गरेको कुरा पाण्डेले जानकारी गराएका छन् । 

राजेशले २३० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् । पाण्डेको निवासमा सम्पन्न रात्रीभोजमा बे–एरिया क्षेत्रमा रहेका विशिष्ट व्यक्ति, व्यापारी र उद्यमीहरु गरी करिब ४० सहभागीको उपस्थिति थियो ।  अन्तमा पाण्डेले मौका आएमा राजेश हमाललाई अमेरिकामा राजदूत बन्ने प्रस्ताव राख्नुको साथै हाम्रो समर्थन छ, उनले भनेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!