कोरोना भाइरसका कारण विदेशमा ३०१ जना नेपालीको मृत्यु

Posted on: 07 Dec, 2020

मंसिर २२,काठमाडौँ | हाल सम्म विदेशमा कार्यरत ४८ हजार ६ सय ३९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ | ४९ देशमा रहेका  ४८ हजार ६ सय ३९ जना संक्रमित मध्ये ४४ हजार ६ सय ७१ जना  संक्रमण मुक्त भइसकेका छन् |

त्यस्तै हाल सम्म २० देशमा रहेका ३ सय १ जना नेपालीको कोरोनाबाट मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ | गएको साता मात्रै जर्मनीमा र भारतमा थप १/१ जना नेपालीको कोरोनाभाइरसका कारण ज्यान गएको छ |

कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको ज्यान गएको पहिलो घट्ना भएको स्वास्थ्य समितिले जनाएको छ | यो साता जापान, साउदी अरब, यूएई, पोर्चुगल र भारतमा  रहेका थप नेपालीहरुमा कोरोना देखिएको एनआरएनएले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!