कतारको बजारमा अब सबै नयाँ नोट, यस्ता हुनेछन् नयाँ नोट, पुराना नोट के हुन्छ ?

Posted on: 14 Dec, 2020

मङ्सिर २९, काठमाडौँ | कतारको राष्ट्रिय दिवसको अवसरमा कतारको राष्ट्र बैंकले नयाँ नोटहरू बजारमा ल्याउदै छ ।  

डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवस पर्छ, सोहि दिनदेखि लागू हुने गरी नयाँ नोट जारी गर्न लागिएको हो । साथै कतारले पहिलो पटक २०० रियालको नोट बजारमा ल्याउँदै छ । उक्त २०० को नोटमा शेख अब्दुल्ला बिन जासिम अल थानीको दरबार, कतार राष्ट्रिय संग्रहालय र इस्लामिक कला संग्रहालयको तस्वीर अङ्कित छन् । 

नयाँ नोटबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा एक, पाँच, दश, पचास, एक सय, दुई सय र पाँच सयको नोट बजारमा आउन लागेको जानकारी दिइएको छ । नयाँ नोटलाई परम्परागत ज्यामितीय ढाँचा, कतार राज्यको झण्डा, कतार फ्लोरा (ड्रेमा) र ऐतिहासिक कतार वास्तुकलाको प्रतिनिधित्व गर्ने एक ओरन्टे गेटमा आधारित रहेर तयार गरिएको छ । नोटको पछाडिको भागमा कतारी परम्परा, इस्लामी इतिहास, संस्कृति, वनस्पति र जीवजन्तु, शिक्षा, खेलकुद र अर्थव्यवस्थाको विकास झल्काउने विषयवस्तुहरू समावेश गरिएको छ ।

कतारले पुराना नोटहरू आगामी ३ महिनाभित्र विस्थापित गर्ने लक्ष्य राखेको छ । कतारले पुराना नोटहरुलाई क्रमश: बजारबाट लिंदै त्यसको सट्टा नयाँ नोट दिनेछ । 

नयाँ नोट लिन आगामी १८ तारिकबाट कतारका बैंकका सम्पूर्ण एटिएम मेसिनहरुबाट सरकारले जारी गरेको नयाँ नोट पाउन सकिन्छ । सबै नयाँ नोट आउने भए पनि २५ पैसा र ५० पैसाको सिक्का भने यथावत रहने जानकारी गराइएको छ । 

Image credit: NadeebQa

Image credit: NadeebQa

Image credit: NadeebQa

Image credit: NadeebQa


Image credit: NadeebQa

Image credit: NadeebQa

यस बिषयमा तपाइको प्रतिक्रिया...!