पिता गुमाएका घिमिरेलाई दुबईबाट तीस हजार सहयोग

Posted on: 02 Aug, 2016

हेम चन्द्र राई | साउन १८, युएई | वैदेशिक रोजगारीको क्रममा युएईको दुबई इमिरेट्समा आएका नुवाकोट निवासी लक्षमन घिमिरेलाई ३०,००० ( तीस हजार ) रुपैयाँ प्रवासबाट सहयोग गरिएको छ । 

वैदेशिक रोजगारको सिलसिलमा चार महिना पहिला नेपाल स्थित भिक्टोरि नेपाल मेनपावरबाट डिपिएस सुरक्षागार्डमा दुबई आएका थिए । इतिसलत म्यनेजमेन्ट सेकुरिटि कम्पनीमा कार्यरत घिमिरेले पिता गुमाएका कारण खर्चको अभावमा नेपाल जान समस्या भएकोले कार्यरत कम्पनीका नेपाली दाजुभाइ  सहयोगको याचना गरेका थिए ।

कम्पनीले यो दु:खद घडीमा नेपाल आकस्मिक घर बिदामा जान दिनेकि नदिने अन्यौल बीच पन्ध्र दिनको अस्कस्मिक बिदा मिलेको थियोे । कम्पनीले बिदा दिएको भए पनि घरसम्म पुग्ने र पुन दुबई काममा आउनको लागि आर्थिक अभाव भएकोले साथिभाईले स्वच्छतापूर्वक रकम सङ्कलन गरेर उनलाई घर पठाइएका हुन । छैसठ्ठी वर्षका घिमिरेका पिता क्यन्सर बाट पीडित थिए । ऊनी घरको कान्छो छोरा भएकोले अन्तिम दाहसंस्कारको लागि नेपाल जानुपर्ने बाध्यताले गर्दा सहयोगमा उठेको रकमले नेपाल गएका हुन ।" 

दुख बाजा बजाएर कसैको घरमा आउदैन , दु:खदको समयमा प्रवासमा रहेका नेपाली साथिभाई नै परिवारको घरका सदस्य हुन जसको समस्य पर्छ सहयोग एक अर्कोमा आदनप्रदान हुनुपर्छ " भन्ने भावनाले सहयोग गरिएको उनलाई सहयोग गर्ने साथीहरूले बताएका छन । उनलाई बिजनेस वे , डिआईएफसि , रिमरन क्षेत्रमा कार्यरत इतिसलात म्यनेजमेन्ट सेकुरुटी सर्भिस कम्पनी सार्जामा रहेका नेपालीले सहयोग गरेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!