एनआरएनए स्विटजरल्याण्डले तिजको उपलक्ष्यमा कार्यक्रम गर्ने

Posted on: 02 Aug, 2016

साउन १८, स्विटजरल्याण्ड । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा स्विट्जरल्याण्ड बासी नेपाली दिदिबहिनीहरूले तीज कार्यक्रम गर्ने भएका छन् । 

तीजको उपलक्ष्यमा यही अगस्त २७ तारिख २०१६ शनिवारका दिन नेपाली कला संस्कृतिको जगेर्ना गर्दै एकै थलोमा भेट गराउँदै आपसी सद्भाव र सम्वन्ध बढाउने उद्देश्य सहित एनआरएनए स्विटजरल्याण्डको आयोजनामा एक तिज विशेष कार्यक्रम हुने बताइएको छ । एनआरएनए स्विटजरल्याण्डले उक्त कार्यक्रममा उपस्थित हुन सम्पूर्ण स्विटजरल्याण्डमा बस्ने दिदिबहिनीहरुलाई निमन्त्रणा गरेको छ ।

बिगतमा तीज कार्यक्रम आरगाउ निवासी बिजया भट्टले आयोजना गर्ने गरेपनि यो पटक उनले यो कार्यक्रम आयोजना गर्न एनआरएनए स्विजरल्याण्डलाई दिएकी छन् । तीज बिशेष उक्त कार्यक्रमको लागि तल बिस्तृत जानकारी दिईएको छ: 

स्थान : Peterskeller Neuenhof, Züricherstrasse 89, 5432 Neuenhof

आवश्यक  जानकारीका लागि सम्पर्क -

सिमा गौतम कार्यक्रम संयोजक - ०७८८१९२७३६

शुभ ऐल्मर लामा महिला संयोजक  -०७९८३२७५७७

आयोजक:

गैर आवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्विटजरल्याण्ड 

यस बिषयमा तपाइको प्रतिक्रिया...!