मलेसियामा रहेका नेपालीले समस्या पर्दा मलेसियाको मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने

Posted on: 18 Dec, 2020

पुस ३, काठमाडौँ | अब मलेसियामा रहेका नेपाली श्रमिकहरुले समस्यामा पर्दा मलेसियाको मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने छन् | विश्व आप्रवासन दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार आयोग मलेसियाबीच सहमति भएसंगै त्यँहाको मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने भएका हुन् |

मलेसियामा रहेका नेपाली श्रमिकहरुले आफ्नो मानव अधिकार उलंघन भएको खण्डमा न्यायको लागि राष्ट्रिय मानव अधिकार आयोग मलेसिया (सुहाकाम)मा उजुरी गर्न सक्ने छन् | नेपाल तथा मलेसियामा रहेका दुवै देशका आप्रवासी श्रमिकहरुको मानव अधिकार उल्लंघन भएको अवस्थामा उजुरी लिने सहमति भएको हो |

त्यस्तै दुई देशका आयोगबिच सूचना आदान प्रदान, अनुगमन लगायतका बिषयमा सहमति भएको छ | समस्यामा परेका कुनै पनि आप्रवासी नेपाली श्रमिकले राष्ट्रिय मानव अधिकार आयोग मलेसियामा उजुरी गर्न सक्ने 

समझदारी पत्र उल्लेख छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!