कोरोनाका कारण विदेशमा थप ११ नेपालीको मृत्यु,यूएईमा मात्र ८ जनाले ज्यान गुमाए

Posted on: 20 Dec, 2020

पुस ५, काठमाडौँ | विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ | पछिल्लो दुई हप्तामा यूएईमा मात्र थप ८ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ |

हालसम्म विदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय १२ जना पुगेको छ | ५२ हजार १ सय ५७ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ |

समितिका अनुसार ,ती मध्ये ४९ देशका ४९ हजार १ सय १० जना नेपाली कोरोना सङ्क्रमण मुक्त भइसकेका छन् | पछिल्लो एक हप्तामा मलेसिया, भारत, कतार,  यूएई, नाइजेरिया, दक्षिण अफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!