कोरोना परीक्षण गर्ने व्यक्तिको ठेगाना गडबड भए कारवाही हुने

Posted on: 30 Dec, 2020

पुस १५, काठामाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि नमूना संकलन गर्दा आफ्नो तरिकाले व्यक्तिहरूको ठेगाना उल्लेख गरेर गडबडी भएको भन्दै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले हाल बसोबासको ठेगाना उल्लेख गर्न निर्देशन दिएको छ ।

बुधवार देशभरका सबै प्रयोगशाला र नमूना संकलनकर्ताहरूलाई परिपत्र पठाउँदै केन्द्रले संक्रमितको ठेगानाको एकरूपता र संक्रमितको सम्पर्कमा आएकाहरूको खोजपड्तालका लागि हालकै ठेगाना उल्लेख गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस १५ गतेको सचिवस्तरीय निर्णयका आधारमा ठेगाना अन्यथा भई कुनै समस्या र उजुरी आएमा नियमानुसार कारवाही हुने समेत परिपत्रमा उल्लेख छ ।






यस बिषयमा तपाइको प्रतिक्रिया...!