लण्डनमा एक नेपालीको हत्या

Posted on: 13 Jan, 2021

पुस २९, काठमाडौँ । सामान्य विवादका कारण लण्डनमा एक नेपालीको हत्या भएको छ । लन्डनको इस्टकोट रेल्वे स्टेशन अगाडि आइतबार राति भएको उक्त घटनामा काठमाण्डौका करिब ४० वर्षीय विक्रम केसीको मृत्यु भएको हो । 

२१ बर्षीय युवासँग सामान्य विवादपछि कुटपिटको वातावरण सृजना भएको र कुटपिटको क्रममा घटनास्थलमै केसीको मृत्यु भएको थियो । एक रेष्टुरेन्टमा काम गरेर घर फर्किरहेका केसीको आफ्नो कोठा नजिकै हत्या भएको छ । केसी लन्डनमा आफ्नो श्रीमतीसंगै बस्ने गरेका थिए ।  

घटनामा संलग्न एक २१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको छ । मृतक केसी भारत, कुवेत हुँदै सन् २००७ तिर लन्डन पुगेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!