कोरोनाका कारण विदेशमा रहेका ९ जना नेपालीको मृत्यु,कुन-कुन देश ?

Posted on: 24 Jan, 2021

माघ ११, काठमाडौँ । कोरोनाभाइरसको संक्रमणबाट विदेशमा रहेका थप ९ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो एक सातामा नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । यो साता युकेमा ४ जना,  कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको मृत्यु भएको हो ।  

यो सँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० देशमा ३ सय २७ पुगेको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन् । 

यो साता बेलायत, प्रोतुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । संघ अन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा २ हजार नेपालीहरु संक्रमित हुने गरेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!