कतारमा पछिल्लो २४ घण्टामा थप ६४५ संक्रमित, हालसम्म १७ लाख डोज खोप लगाइयो

Posted on: 05 May, 2021

वैशाख २२, दोहा | कतारमा पछिल्लो २४ घण्टामा थप ६४५ जना नयाँ संक्रमित भेटिएका छन् । कतारको जनस्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भई ६ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भएका १३८५ जना निको भएका छन् । यो संगै कतारमा कोरोना संक्रमित भई निको भएकाहरुको संख्या १ लाख ९६ हजार ९०६ पुगेको छ । 

मन्त्रालयका अनुसार आज संक्रमित भएका ६४५ जना मध्ये ३३४ जना स्थानीय संक्रमित र ३११ जना विदेशबाट आएकाहरु रहेका छन् । आज मृत्यु भएकाहरु ४८, ४९, ६२, ६३, ६५ र ९१ बर्षका रहेका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्र ३१ हजार ३ जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । यो संगै कतारमा कोरोना भ्याक्सिन लगाउनेको संख्या १७ लाख १ हजार ९ सय १४ पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!