अमेरिकन पुस्तकमा नेपाली चेलीले बनाएको चित्र

Posted on: 13 Aug, 2016


विजय थापा | वाशिंगटन डिसी | अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्ने प्रख्यात लेखक ड्यारेन डडसन ले आफुले प्रकाशित गरेको पुस्तकमा नेपाली चेली लता गौडेलले बनाएको चित्रलाई मुख्य पृष्ठमा प्रकाशित गरेका छन् l 

भर्जिनियाको स्यानटिलि शहरमा बसोबास गर्दै आएकी १७ बर्षिय ११ कक्षा उत्रिण गौडेलले आफुले बनाएको चित्र यसरि अमेरिकन पुस्तकमा छापिएकोमा हर्ष व्यक्त गरिन l लेखक डडसनको साइकामोर ,ए फेरीटेल टरटल नामक पुस्तकमा प्रकाशित भए पछि अरु चिज भन्दा पनि एउटा मौका मात्र पाएको बताइन l 

ड्यारेन डडसन बिसेष गरि बालबालिकाहरुका लागि निरन्तर लेख्ने हुन् भने उनि विश्व भरका मुख्य मनोरंजन ,चिडियाखाना तथा जल जीवालय आदिका कला निर्देशक पनि हुन् l 

उनले उक्त पुस्तकमा पात्रहरु डिजे ,जोजो ,साईकामोर तथा कछुवाले सगरमाथा तथा काठमाडौँको यात्रा गरेको सम्बन्धि काल्पनिक कथा प्रस्तुत गरेका छन् l 

यस पुस्तकले अमेरिका आएका बालबालिका तथा अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई निकै मनोरंजन दिने तथा केहि ज्ञान समेत दिने विश्वास गरिएको छ l लेखक ड्यारेन डडसनले उनको पुस्तकलाई प्रकाशित गर्न ठुलो भूमिका निर्वाह गर्ने नेपाली मूलका जग्गनाथ शर्मालाई बिशेष धन्यबाद दिएका छन् l 

यस बिषयमा तपाइको प्रतिक्रिया...!