अगष्ट ३० (भोली) देखि यूएईले टुरिस्ट भिसा जारी गर्ने, यस्तो छ मापदण्ड

Posted on: 29 Aug, 2021

भदौ १३, काठमाडौँ | यूएईले आउँदो अगष्ट ३० (भोली) देखि टुरिस्ट भिसा पनि जारी गर्ने भएको छ ।

कोरोना विरुद्धको पुरा खोप(दुवै डोज) लगाएका सबै देशका नागरिकलाई यही अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने यूएईको आधिकारिक निकायलाई उद्धृत गदै स्थानीय सञ्चार माध्यम गल्फ न्युजले खबर लेखेको छ ।  

टुरिस्ट भिसाको लागि आवेदन दिनेहरूले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको मध्ये कुनै एक खोप पूर्ण रूपमा लगाएको हुनु पर्नेछ । 

यूएई सरकारको यो निर्णयले यसअघि कोरोनाको कारण यात्रामा प्रतिबन्ध लगाएको देशलाई पनि खुला गरेको छ । 

टुरिस्ट भिसामा यूएई जानेले पनि र्यापिड पीसीआर परीक्षण गरेको हुनुपर्नेछ । 

टुरिस्ट भिसा ३० दिन या ९० दिनको हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!