एनआरएनएको एसिया प्रशान्त क्षेत्रीय सहसंयोजकमा गुरूङको उम्मेदवारी

Posted on: 25 Sep, 2021

असोज ९,  काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने दशौं विश्व सम्मेलनमा हङकङ निवासी समाजसेवी दिलिप सिंह गुरूङले एसिया प्रशान्त क्षेत्रीय सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि हङकङमा रहेका समाजसेवी गुरूङ्गले नेपालको सामाजिक क्षेत्रमा विभिन्न महत्वपूर्ण सहयोगहरू गर्दै आएका छन् ।   

मातृभूमिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका गुरूङले समृद्ध नेपालको अभियानमा कुशलतापूर्वक लाग्दै र सहयोग गर्दै लाएका छन्। एनआरएनए आन्दोलनमा लामो समयदेखि होमिएका गुरूङ विश्वभरी रहेका नेपालीको हक, हित र उन्नति प्रगतिका लागि निरन्तर लाग्दै आएका छन्। 

“सकारात्मक पहलको निरन्तरता, परिणाममुखी कार्यको प्रतिवद्धता” भन्ने मूल नाराका साथ उनको आगामी विश्व सम्मेलनमा सह–संयोजक पदमा उम्मेदवारी रहेको छ।

अग्रजहरूको सकारात्मक कामलाई निरन्तरता, पारदर्शीता, भूपू सैनिकको आवाजको बुलन्दता, प्राविधिक शिक्षामा जोड, शिक्षा र स्वास्थ्यमा जोड लगायतका प्रतिवद्धताका साथ गुरूङले उम्मेदवारी दिएको बताए। विश्वभर रहेका नेपालीहरूले आफूलाई सो विश्व सम्मेलनमार्फत् वर्ष २०२१–२३ का लागि एसिया प्रशान्त क्षेत्रीय सहसंयोजक पदमा विजयी गराउनेमा आफू विश्वस्त रहेको बताउँदै उनले आफू सधैँ नेपाल, नेपाली, एनआरएनए र विश्वभर रहेका नेपालीहरूको हितमा सधैँ लागि रहको र लागि रहने समेत बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!