भारतको रेल दुर्घटनामा दुई नेपालीको मृत्यु

Posted on: 30 Sep, 2021

असोज १४, काठमाडौँ  । भारतको बेंलाेरमा रेल दुर्घटनामा परि दुई जना नेपालीको मृत्यु भएको छ । बेंलाेर स्थित नागबारा स्टेशन नजिकै दुई जना नेपालीको ( अङ्ग भङ्ग) अवस्थामा बुधवार श’व फेला परेको थियो ।

मृत्यु हुनेमा कैलाली माेहन्याल गाउँपालिका वडा ३ फलेविसौनाका १९ वर्षीय डम्बर बहादुर थापा र  बझाङ देउडा बजार नजिकै घर भएका दिनेश श्रेष्ठ रहेकाे प्रवासी नेपाली जनसमाज कर्नाटक राज्य संयोजक तेज बहादुर तिरुवाले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार कैलाली फलेबिसाैना ३ का १९ वर्षीय डम्बर थापाको शवलाई आफन्त उपस्थिति पछि  पाेष्टमार्टम पश्चात् शवलाई सनाखत गरिएको छ भने बझाङ घर  भएका दिनेश श्रेष्ठको श’व आफन्त अस्पताल नपुगेका कारण अस्पताल राखिएको बत्ताइएको छ ।

यता घटना बारे प्रहरीले  रेल्वे लाइन (अङ्ग भङ्ग) अवस्था श’व फेला परेकाले रेल दुर्घटना भएको अनुमान गरेको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!