फ्रान्सका सबै बयस्कलाई कोभिडको बुस्टर डोज दिने तयारी

Posted on: 25 Nov, 2021

मंसिर ९, एजेन्सी | फ्रान्स सरकारले सबै बयस्कहरुलाई कोभिड १९ को बुस्टर डोज दिने तयारी गरेको छ । यसबारेमा सरकारले बिहीबार औपाचारिक रुपमा घोषणा गर्दैछ । देशमा कोभिड संक्रमण तीब्र बढेपछि सरकारले सबै बयस्कलाई बुस्टर डोज दिने तयारी गरेको हो । त्यस्तै, संक्रमण न्यून गर्न केही प्रतिबन्धात्मक व्यवस्थासमेत घोषणा गरिएको छ । 

राष्ट्रपति इम्यानुअल म्याँक्रो नेतृत्वको सरकारले बुधबार सामाजिक दूरी  कायम गर्न र सबैलाई मास्क लगाउन निर्देशन दिएको थियो । सरकारले फेरि लकडाउन लगाउने तयारीमा भने नगरेको जनाइन्छ । 

रेस्टुराँ, क्याफे, सिनेमा हल, म्युजियम, खेल मैदान जस्ता धेरै भिड हुने स्थानमा बुस्टर डोज लगाएका व्यक्तिलाई मात्र प्रवेशका लागि अनुमति दिने सरकारको तयारी छ । 

फ्रान्समा बुधबार ३२ हजार कोभिडका नयाँ संक्रमित भेटिएका थिए ।पछिल्लो समयमा युरोपेली देशहरुमा कोभिड संक्रमण तीब्र बढिरहेको छ । संक्रमण बढेपछि यसै सातादेखि अस्ट्रियाले तीन साताका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!