धरान अमेरिका समाजको तिज हर्सौल्लास तथा मनोरंजन साथ सम्पन्न

Posted on: 01 Sep, 2016


विजय थापा | भदौ १६, डिसी | धरान अमेरिका समाजको आयोजनामा २०७३ सालको तीज हर्सौल्लास तथा मनोरंजन साथ सम्पन्न भएको छ l डिसी महानगर क्षेत्रमा सन् २०१० मा स्थापित समाजले स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै मातृभूमिलाई पनि विभिन्न सहयोग गर्दैआएको छ l 

समाजका पुर्व अध्यक्ष बिमल आचार्यले तीज कार्यक्रम बिगत बर्षमा सुरुवात गरेका थिए भने यसलाई अहिलेका बर्तमान अध्यक्ष आरके धमलाले निरन्तरता दिएका छन् l र २०७३ को तिजलाई भव्यताका साथ मनाउन समाजका क्रियाशील पदाधिकारी सुमन मानन्धरको बिशेष पहलमा तिज सफलता पुर्वक मनाइएको छ l

तीज कार्यक्रममा नाचगान ,पुरस्कार ,र दोश्रो पुस्ताका बालिकाहरुले समेत नृत्य प्रस्तुति गरेका थिए l यसै गरि धरान घर भै हाल भर्जिनियाको हर्नडनमा बस्दै आउनु भएकी अत्तर क्षेत्रीले  तिजको कबिता बाचन गर्नु भएको थियो l अत्तर क्षेत्री अमेरिकामा बसोबास गरेता पनि बिगत केहि बर्ष देखि संबिधान धेरै पटक बन्न नसके पछि व्यंगात्मक कविता नेताहरुलाई बचन गरि सक्नु भएको छ l 


कार्यक्रममा समाजका शुभ चिन्तक ,हितैसी ,समाजका पदाधिकारी ,डिसी महानगर क्षेत्रका नेपाली समुदायको उपस्थितिमा दोश्रो पुस्ताका बालबालिकाले समेत तिज पर्वमा सहभागी भै नाचगान गरेका थिए l 

तिज कार्यक्रममा हाल डिसी बसोबास गर्नु हुने प्रख्यात गायक मधु क्षेत्रीको उपस्थिति रहेको थियो भने आयोजकको अनुरोधमा वहाको प्रशिद्ध गीत फुलै फूल मात्र पनि हैन रहेछ जीवन भन्ने गीत प्रस्तुत गरेका थिए l 

तीजको लागि सहभागीहरुले आफैले घरमा बनाएर मिठा मिठा परिकारका खाने कुरा खुवाइएको थियो l नाचगान ,मनोरंजन गर्दै कार्यक्रममा खाने कुरा बनाउने हरुलाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था पनि गरिएको थियो l कार्यक्रम हर्न डन को एक उद्यानमा आयोजना गरिएको थियो भने कार्यक्रम दिउसो देखि साँझ सम्म चलेको थियो l 


यस बिषयमा तपाइको प्रतिक्रिया...!