जनप्रगतिशील मोर्चा जापान टोकियोको क्षेत्रीय अध्यक्षमा अधिकारी

Posted on: 04 Sep, 2016

भदौ १९, टोकियो | नेकपा माओबादी केन्द्रको बैदेशिक भात्री संगठन जनप्रगतिशील मोर्चा जापान टोकियो क्षेत्रीय कमिटिको अध्यक्षमा सम्पूर्ण अधिकारी निर्बिरोध चयन भएका छन् |

सनिबार जापानको राजधानी टोकियोको शिन ओकुबो टोकियोस्थित रोधी क्लबको हलमा भएको एकता अधिबेशन कार्यक्रममा बिद्यार्थी आन्दोलनका युवा नेता सम्पूर्ण अधिकारीको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति गठन गरेको हो | निर्वाचित अध्यक्ष सम्पूर्ण अधिकारीसँग यसअघि काठमाडौँको ग्रामिण आदर्श बहुमुखी क्याम्पसको बिद्यार्थी अध्यक्ष तथा अनेरास्वबियु क्रान्तिकारी अन्तर्गत सक्रिय बिद्यार्थी नेता भएर काम गरेको लामो अनुभव संगालेका छन् | 

सनिबार टोकियोमा संम्पन्न उक्त कार्यक्रमपछी अध्यक्ष अधिकारीले जापानमा आएर आफुले पुन: राजनीतिलाई निरन्तरता दिने उद्घोष गरे | उनले भने 'आखिर जहाँ पुगेपनि राजनीतिक प्राणीको मन-मस्तिष्क राजनीतिमै हुँदो रहेछ | त्यसैले अब यतैबाट नेकापा माओवादी केन्द्रको लागि सक्रिय राजनीति गर्छु |' जनप्रगतिशील मोर्चा टोकियोका निबर्तमान अध्यक्ष अरुण कुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा नेकपा माओबादी केन्द्र जापान इन्चार्ज भूपाल मान श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो | सनिबार सम्पन्न एकता अधिवेशनले ४ जना सदस्य पछी थप्न सक्ने गरि २७ सदस्यीय कार्यसमिति निर्माण गरेको छ |



यस बिषयमा तपाइको प्रतिक्रिया...!