मुटुको रोगी बिनोदलाई किरात छुलाछोछावा प्रतिष्ठान नेपालको पहलमा प्रवासीले गरे आर्थिक सहयोग

Posted on: 09 Sep, 2016

हेम चन्द्र राई | युएई - दुबई , २०७३ भाद्र, २१ , वैदेशिक रोजगारीको सिलसिलामा युएई स्थित दुबईमा आएका  साउनेचउर–५ खोटाङका विनोद राई लाई मुटुको उपचारार्थ किरात छुलाछोछावा प्रतिस्ठान नेपालको पहलमा प्रवासी नेपालहरुले आर्थिक सहयोग गरेको छ । दैनिक डिउटीको समयमा कार्यक्षेत्रमानै अचेत भई एक्कासि बिनोद राई ढलेपछि अस्पतालमा स्वस्थ्य जाच गराउदा उहाँमा मुटुको समस्या देखिएको थियो । उपचारको क्रममा आर्थिक समस्या भएपछि प्रतिष्ठानले देशविदेशमा रहनुहुने प्रवासी नेपाली तथा स्वादेशी नेपालीहरुमा आर्थिक सहयोगको अपिल गरेको थियो । सोहि अपिल अनुसार विभिन्न दाता महानुभावहरुबाट संकलन भएको सहयोग रकम रु.८६, २३७ (अक्षेरुपी छयासी हजार, दुई सय सैतिस रुपैंया )  प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थितिमा उहाँको शिघ्रस्वास्थ्य लाभको कामना सहित अध्यक्ष श्री अनराज राईले काठमाडौंमा विनोद राईलाई हस्तान्तरण गर्नु भएको हो । बिनोद राई हाल मुटुको गम्भीर स्वस्थ्य समस्या देखिए पछि उनी स्वदेशमा उपचारत छन ।

सहयोगीहरू:

१. संगीता राई-साउनेचउर-७,हाल ललितपुर-रू.५०००/-
२. दिपेन्द्र राई-साउनेचउर-७,हाल युएई-रू.५०००/-
३. आङ्दामु शेर्पा-सोलु भखान्जे, हाल अमेरिका रू.५०००/-
४. सुष्मा राई-उदयपुर बसाहा, हाल-काठमाडौ-रू. ५०००/-
५. भुपेन्द्र जंग राई-साउनेचउर-७, हाल मकाउ-रू.४०००/-
६. चन्द्रशेखर राई-साउनेचउर-७,हाल मेलेशिया-रू. ५२३७/-
७. मन कुमारी सुनुवार-रामेछाप, हाल युएई-रू. १५००/-
८. बाल कुमारी लिम्बु-ताप्लेजुंग, हाल युएई-रू.१०००/-
9. प्रेम कुमारी खतिवडा-झापा, हाल युएई-रू.१०००/-
१०. बिनोद श्रेष्ठ-फाक्टङ-२, हाल-युएई-रू.३०००/-
११. युवराज राई-साउनेचउर-७, हाल युएई-रू.३३३३/-
१२. शिवजी राई-साउनेचउर-७, हाल साउदी-रू. २०००/-
१३. टेकेन्द्र चाम्लिङ राई , नेपाली सहकारी संस्था युएई-रू.५५५५/-
१४. दिपक राई- फाकटाङ-१,हाल दुबई-रु ५,६३५/-
१५. भक्त राई-काँकडभिट्टा-हाल-युएई-रू. ३,०००/-
१६. गोपाल थापा-हेटौंडा, हाल-युएई-रू. ३,०००/-
१७. पूर्ण खड्का- हेटौंडा, हाल-युएई- रू. ३,०००/-
१८. पिताम्बर दाहाल-काठमाडौ, हाल-युएई- रू. ३,०००/-
१९. अर्जुन राई - उदयपुर-बेल्टार, हाल-दुबई-रु. ३,०००/-
२०. मुलघर एमवान्का साथीहरू-युएई-रू. ७,७७७/-                                                                                                              
२१.. सुमन श्रेष्ठ- स्याङ्जा हाल-युएई- रू. १,५००/-
२२. बिजय कट्वाल- काठमाडौ, हाल-युएई- रू. १,७००/-
२३.. नन्द किशोर राई- काठमाडौ, हाल-युएई- रू. १,५००/-
२४. अशोक राई- सुनसरी, धरान, हाल-युएई- रू. १,५००/-
२५. अर्जुन खड्का-साउनेचउर-६, हाल युएई-रू. ३०००/-
२६. देबराज राई - साउनेचउर-७, हाल मलेशिया-रू.५०००/-
प्रतिस्थापन र पिडितको तर्फबाट मानबीय सहयोग गर्नुहुने महान सहयोगीहरू साथै वहाँको सपरिवारमा सुख समृद्धिको कामना सहित वहाँहरूको आर्थिक सहयोगको उच्च सम्मान गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौं !

यस अगाडि पनि धादिंगका अपांग असहाय भट्ट परिवार र रेबेका राईको अनुहारको उपचारको लागि पनि विभिन्न सहयोगीहरूको साथमा सहकार्य गर्दै आर्थिक रकम हस्तान्तरणको लागि पुलको काम गरेको थियो । दुई महिना अगाडि मात्रै स्थापना भएको प्रतिस्थापनले स्थापना दुइ महिनामा तीन पीडितहरुलाई आर्थिक सहयोग जुटाएर पीडितलाई सहयोग प्रदान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!