अमेरिकामा ईन्द्र जात्रा सम्पन्न

Posted on: 18 Sep, 2016

विजय थापा | असोज २, वाशिंगटन डिसी | नेवाः अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा छैठौ इन्द्र जात्रा (येन्या पुन्ही ) गत सेप्टेम्बर १७ तारिख भव्यताको साथ सम्पन्न भएको छ l 

सन् २००१ मा डिसी महानगर क्षेत्रमा स्थापना भएको उक्त संस्थाले भाषा, संस्कृति, परम्परा, कलालाई प्रबर्धन तथा सम्बर्धन गर्दै आएको छ l कार्यक्रम म्यारिल्याण्डको राज्यको ब्ल्याक हिल्स क्षेत्रीय उद्यानमा सम्पन्न भएको छ भने नेवा : समुदायको परम्परागत भोज समय बजी द्वारा आएका सम्पूर्ण अतिथिहरुलाई खुवाईएको थियो l

कार्यक्रममा प्रत्यक्ष  नृत्य, आस्ता मात्रिका, गणेश, भैरब, कुमारीको नृत्य,पुलुकिसी तथा लाखे नृत्यहरु प्रस्तुत गरिएका थिए l  काठमाडौँ उपत्यकाको झझल्को हुने गरि मनाईएको  इन्द्र जात्रामा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो l 


नेवा: समुदायका पुरोहित बासव राजोपाध्यायले हरेक नृत्यहरुको अर्थ लगाएका थिए l कार्यक्रमका प्रमुख अतिथी नेपाली दुताबासका आर्थिक सल्लाहकार कैलाशराज पोखरेल हुनु हुन्थ्यो l अध्यक्ष राम लाल श्रेष्ठले उपस्थित हुने सबैलाई धन्यवाद दिएका थिए l  


यस बिषयमा तपाइको प्रतिक्रिया...!