दोलखामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, आठ जना घाइते

Posted on: 11 Jun, 2018

जेठ २८, चरिकोट | दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ  | चालकसहित अन्य आठ जना घाइते भएको उक्त दुर्घटनामा 

मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिएका छन् |

बा १४ च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा आइतवार साँझ भएको सो दुर्घटना भएको हो |

घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडाँै पठाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!