मुडे–मेलुङ्ग सडक समयमै नबने एमाले आन्दोलनमा जाने

Posted on: 23 Mar, 2017

ताराबहादुर महत, चैत्र १०। दोलखा । दोलखाको पश्चिमतर्फको उत्तर–दक्षिण मार्गको रुपमा परिचित मुडे–मेलुङ्ग सडक निमार्णको कार्यमा भएको ढिलाईप्रति एमाले शैलुङ्ग गाउँपालिकाले विरोध जनाएको छ ।

ठेकेदारले निमार्ण कार्य अघि बढाउन नचाहेको र सडक विभागले ठेक्का तोड्न नचाहेको कारण सडक निमार्ण कार्यमा ढिलाई भएको एमाले शैलुङ्ग गाउँपालिकाका संयोजक धनबहादुर तामाङद्वारा आज जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘‘समयमै सडक निमार्ण नहुँदा हिउँदमा धुँवा, धुलो र खाल्डाखुल्डी तथा बर्षायाममा हिलोको समस्याले नियमित रुपमा यातायात शुचारु नहुँदा यस क्षेत्रका नागरिकले बार्षिक करोडौँको क्षति व्यहोर्नु परेको छ’’ विज्ञप्तीमा भनिएको छ ।

२०५४ सालको स्थानिय निर्वाचनपछि जिल्ला विकास समितिको नेतृत्व नेकपा एमालले गरेको समयमा ट्र्याक खनेर शुरु गरेको सडक निमार्ण कार्य एक हप्ताभित्र शुरु गरी २ महिनाभित्र नसकेमा स्थानियको सहयोग लिएर कडा आन्दोलनमा उत्रने चेतावनी एमाले शैलुङ्ग गाउँपालिकाले दिएको छ ।

२०७१ असार ३१ मा १८ करोडको लागतमा २ बर्षभित्र निमार्ण सम्पन्न गर्ने गरी लामा विल्डर्ससँग ठेक्का सम्झौता भएको भएपनि ठेकेदारले विविध कारण देखाई तोकिएको अवधिमा काम गर्न नसकेकोले एक बर्ष समय थप गरिएको थियो । थपिएको समयमा पनि सन्तोषजनकरुपमा काम नभएको भन्दै एमालेले विरोध जनाएको बताईएको छ ।

शैलुङ्ग र मेलुङ्ग गाउँपालिकाभित्र पर्ने यो सडक खण्ड निमार्ण पश्चात्त पर्यटकिय स्थलको रुपमा चर्चित शैलुङ्ग क्षेत्रमा पर्यटकिय विकास र त्यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुले राम्रो बजार पाउने देखिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!